• २०८२ फाल्गुन २६ | Tue, 10 Mar 2026

  • राष्ट्रपति पौडेलद्वारा राजनीतिक निकासका लागि हरसम्भव प्रयास गरिरहेको जानकारी

    राष्ट्रपति पौडेलद्वारा राजनीतिक निकासका लागि हरसम्भव प्रयास गरिरहेको जानकारी

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफूले विचार–विमर्शसहित हरसम्भव प्रयास गरिरहेको जानकारी गराउनुभएको छ ।

    उहाँले आज विज्ञप्ति जारी गरी आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको विषयमा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्नुभएको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ भाद्र २६, बिहीबार १३:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP