• २०८२ माघ ८ | Thu, 22 Jan 2026

  • सरकारी वार्ता टोली एमालेको कार्यालयमा

    सरकारी वार्ता टोली एमालेको कार्यालयमा

    सरकारले गठन गरेको राजनीतिक वार्ता समितिको टोली मंगलबार मध्याह्न नेकपा (एमाले)को कार्यालय पुगेको छ।

    सरकारी टोलीले जेनजी आन्दोलनमा क्षतिग्रस्त एमाले कार्यालयको निरिक्षण गरेको छ। सरकारले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा तीन सदस्यीय राजनीतिक वार्ता समिति गठन गरेको थियो।

    मन्त्री सिन्हा नेतृत्वको वार्ता टोली एमाले कार्यालय निरीक्षणपछि नेताहरूसँग छलफलमा जुटेको छ। एमाले कार्यालय, च्यासलमा महासचिव शंकर पोखरेल लगायतका एमालेका नेताहरूले सरकारी वार्ता टोलीसँग छलफल गरिरहेका छन्।

    यसअघि मंगलबार बिहान सरकारी टोली नेपाली कांग्रेसको कार्यालय सानेपा पुगेको थियो। टोलीले कांग्रेस उपसभापति धनराज गुरुङलगायतका नेताहरूसँग छलफल गरेको थियो।



    radiomirmire radiomirmire    
  • २०८२ पुष ८, मंगलवार ०७:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP