• २०८३ श्रावण २७ | Wed, 12 Aug 2026

  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याबलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकका ७ प्रमुख निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिनुभएको हो।

    बैठकले विश्वविद्यालय अनुदान आयोग (UGC) को अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी (पर्वत) र सचिव पदमा प्राध्यापक डाक्टर रोजेश श्रेष्ठ (भोजपुर) लाई नियुक्त गर्ने निर्णय समेत गरेको छ।

    मन्त्रिपरिषद्का मुख्य ७ निर्णयहरू:

    • नियमावली स्वीकृति: तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गरिएको छ।

    • उच्चस्तरीय नियुक्ति: लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा काठमाडौँ निवासी याङ्की उक्याबलाई नियुक्त गरिएको छ।

    • संस्थागत गाभ्ने निर्णय: नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गर्दै उक्त समितिलाई ‘नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड’ मा गाभ्न (Merge) स्वीकृति दिइएको छ।

    • ऐन कार्यान्वयन: ‘पशु बधशाला र मासु जाँच ऐन २०५५’ लाई चरणबद्ध रूपमा देशैभर लागू गरिने भएको छ।

    • विधेयक पेस गर्ने स्वीकृति: बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक २०८३ लाई सङ्घीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।

    • UGC मा नियुक्ति: विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्गबहादुर केसी र सचिव पदमा प्रा. डा. रोजेश श्रेष्ठलाई नियुक्त गरिएको छ।

    • राहत तथा क्षतिपूर्ति: सुनसरी र सिराहा जिल्लामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत र घाइतेहरूलाई क्षतिपूर्ति तथा नि:शुल्क उपचारको व्यवस्था मिलाउने निर्णय भएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण २०, बुधबार ०९:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP