नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा वैदेशिक उपचारपछि बिहीबार नेपाल फर्किएका छन्। बैंकक हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका देउवालाई स्वागत गर्न कांग्रेसका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।
विमानस्थलमा उनलाई स्वागत गर्न कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका नेताहरू पुगेका थिए।
गत भदौमा जेनजी (Gen Z) आन्दोलनका क्रममा घरमा आगजनी हुनुका साथै देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण भएको थियो। सोही घटनामा घाइते भएका देउवा उपचारका लागि Singapore गएका थिए। त्यसपछि फागुनमा थप उपचारका लागि उनी सिंगापुर हुँदै हङकङ पुगेका थिए। हङकङबाट बैंकक हुँदै पाँच महिनाको लामो उपचार र बसाइपछि उनी बिहीबार स्वदेश फर्किएका हुन्।
प्रतिक्रिया