• २०८३ भाद्र १० | Wed, 26 Aug 2026

  • भक्तपुरको भाटभटेनी २४सै घण्टा खुल्ने, राति काम गर्ने कर्मचारीले २५ प्रतिशत थप तलब पाउने

    भक्तपुरको भाटभटेनी २४सै घण्टा खुल्ने, राति काम गर्ने कर्मचारीले २५ प्रतिशत थप तलब पाउने

    भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरस्टोरको ग्रोसरी विभाग सोमबारदेखि चौबीसै घण्टा खुल्ला हुने भएको छ। योसँगै अब ग्राहकहरूले रातिको समयमा पनि सहजै ग्रोसरी सामग्रीहरू खरिद गर्न सक्नेछन्।

    भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलका अनुसार पहिलो चरणमा भक्तपुरको पहिलो तलामा रहेको ग्रोसरी सेवा २४ै घण्टा सञ्चालनमा ल्याइएको हो। भक्तपुरपछि क्रमशः ललितपुरको पाटन र काठमाडौंको टंगालस्थित भाटभटेनी स्टोरहरूमा पनि २४ घण्टा सेवा विस्तार गरिने योजना रहेको छ।

    रातभर स्टोर सञ्चालन हुने भएपछि रातिको सिफ्टमा खटिने कर्मचारीहरूका लागि थप सुविधाको व्यवस्था गरिएको छ। जसअनुसार राति काम गर्ने कर्मचारीहरूले आफ्नो कुल तलबमा २५ प्रतिशत थप सुविधा पाउनेछन्।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र १, सोमबार ०७:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP