• २०८३ बैशाख १६ | Wed, 29 Apr 2026

  • इन्धनको मूल्यवृद्धिसँगै यातायातको भाडा ५ प्रतिशतले बढ्यो, विद्युतीय सवारीमा भने पुरानै दर कायम

    इन्धनको मूल्यवृद्धिसँगै यातायातको भाडा ५ प्रतिशतले बढ्यो, विद्युतीय सवारीमा भने पुरानै दर कायम

    यातायात व्यवस्था विभागले इन्धनको बजार मूल्यमा भएको उल्लेख्य वृद्धिलाई आधार मान्दै अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढाएको छ। वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन हुने व्यवस्था बमोजिम यो निर्णय लिइएको हो। विभागका अनुसार नयाँ भाडादर बुधबारदेखि नै लागू हुने गरी यात्रुवाहक सवारीका साथै पहाडी र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा समेत वृद्धि गरिएको छ।

    पछिल्लो समय डिजेलको मूल्यमा ठुलो उतारचढाव आएको र गत चैत २५ गतेको तुलनामा हाल ३०.४१ प्रतिशतले मूल्य बढेकाले भाडा समायोजन अनिवार्य भएको विभागले स्पष्ट पारेको छ। यही वैशाख ३ गते प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेको डिजेलको औसत मूल्य ५५ रुपैयाँले बढेर २३५ रुपैयाँ ८३ पैसा पुगेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैशाख १२ गते नै भाडा बढाउन सैद्धान्तिक सहमति दिएको थियो। यद्यपि, पेट्रोलियम पदार्थको मूल्यमा निर्भर नरहने विद्युतीय सवारीसाधनको हकमा भने हाललाई भाडा नबढ्ने र पुरानै दर कायम रहने विभागले जानकारी दिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख १६, बुधबार ०८:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP