• २०८३ बैशाख १६ | Wed, 29 Apr 2026

  • जतिन्दर सिंहको विष्फोटक शतक: नेपालसामु ओमानले प्रस्तुत गर्‍यो ३०६ रनको विशाल लक्ष्य

    जतिन्दर सिंहको विष्फोटक शतक: नेपालसामु ओमानले प्रस्तुत गर्‍यो ३०६ रनको विशाल लक्ष्य

    आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानले घरेलु टोली नेपालसामु जितका लागि ३०६ रनको विशाल चुनौती खडा गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको मजबुत योगफल तयार पारेको हो।

    ओमानको इनिङ्समा ओपनर जतिन्दर सिंह नायक बने। उनले आक्रामक ब्याटिङ गर्दै मात्र ९६ बलमा १५ चौका र ५ छक्काको मद्दतले १३० रनको सानदार शतकीय योगदान दिए। जतिन्दरले आफ्नो शतक केवल ७३ बलमा पूरा गरेका थिए, जसमा उनले १३ चौका र ४ छक्का प्रहार गरे। यस्तै, अर्का ब्याटर अशिष ओडेराले ४८ रन जोडे भने आर्यन राजु विसले ३५ र हमद मिर्जाले ३० रनको योगदान दिए।

    नेपालका तर्फबाट बलिङमा सोमपाल कामी सबैभन्दा सफल रहे, उनले ४ विकेट लिए। त्यस्तै, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान २-२ विकेट हात पारे। सन्दीपले नै १५औँ ओभरमा ओडेरालाई आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए। ओमानले दिएको यो उच्च लक्ष्य पछ्याउन नेपालले केही बेरमा आफ्नो जवाफी ब्याटिङ सुरु गर्दैछ।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख १६, बुधबार ०८:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP