• २०८३ बैशाख १८ | Fri, 01 May 2026

  • मनोहरा सुकुमवासी बस्तीमा महानगरको डोजर: झडपमा २२ सुरक्षाकर्मी घाइते

    मनोहरा सुकुमवासी बस्तीमा महानगरको डोजर: झडपमा २२ सुरक्षाकर्मी घाइते

    १३ वैशाख, काठमाडौं । प्रहरीको कडा सुरक्षा घेरामा काठमाडौं महानगरपालिकाको टोलीले मनोहरा खोला किनारका सुकुमवासी बस्तीका घरहरु भत्काइरहेको छ । त्यसक्रममा प्रहरीले कतिपय अशक्त र बिरामीहरुलाई सुरक्षित स्थानमा सारिरहेको छ । एक महिलालाई प्रहरीहरुले स्ट्रेचरमा राखेर सुरक्षित स्थानमा लगेको देखिएको छ।

    मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा सुकुमवासी बस्तीका बासिन्दाले भने केही अवरोध गरेका थिए । अवरोधका क्रममा आक्रमणमा परी २२ सुरक्षाकर्मी घाइते भएका प्रहरीले थिए ।आक्रमणमा परी मध्यपुरथिमि प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित ११ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नं २२ दुवाकोटबाट खटिएका सशस्त्र प्रहरीका थप ११ जना गरी २२ जना घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महतले जानकारी दिनुभयो ।उहाँका अनुसार मनोहरा सुकुमवासी बस्तीमा घर भत्काउने क्रममा सुरक्षाकर्मीमाथि ढुङ्गा, इँटा र बोतल प्रहार गरिएको थियो ।

    त्यसपछि फर्किएको डोजरसहितको टोली आज बिहानै पुन: मनोहरा क्षेत्रमा पुगेको थियो । अहिले डोजरको सहायताले घर टहरा भत्काको क्रम जारी छ । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

    शनिबार काठमाडौं थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजर लगाएको महानगरपालिकाले आज मनोहराको सुकुमवासी बस्ती खाली गराइरहेको हो 



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख १३, आईतवार ०७:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP