लगातार दोस्रो जित निकालेको नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलतर्फ अग्रसर भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)द्वारा आयोजित प्रतियोगितामा नेपालले श्रीलंकालाई १–० ले हराउँदै दोस्रो जित हात पारेको हो । नेपालको जितमा विंगर सुवास बमले निर्णायक गोल गरेका थिए । जितसँगै नेपालले ६ अंक जोडेको छ । यसअघि नेपालले उद्घाटन खेलमा भुटानलाई २–१ ले हराएको थियो ।
श्रीलंकाले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ३–२ ले हराएको थियो । मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपालको जितमा सुवासले निर्णायक गोल गरे । राष्ट्रिय टोलीका सदस्यसमेत रहेको सुवासले पहिलो हाफमा गोल गरेका हुन् । सुवासले कप्तान धर्वेन्द्र कुँवरको पासलाई नियन्त्रणमा लिँदै सुन्दर गोल गरेका थिए ।
प्रतिक्रिया