जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरी गणमा राखिने भएको छ। महाराजगञ्जमा रहेको २ नम्बर गणमा थुनामा राख्न लागिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकारीले बताए।
दुवै जनालाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगेको छ। त्यहाँबाट गणमा लैजाने प्रहरी तयारी छ।
सरकारको निर्देशनपछि प्रहरीले शनिबार बिहान जरुरी पक्राउ पूर्जी दिएर उनीहरुलाई घरबाटै पक्राउ गरेको हो। जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८१ र १८२ अनुसार कारबाही गर्न लागिएको हो। जसमा लापरबाही गरेर ज्यान लिन नहुने कसुरमा छ। उनीहरुकै लापरबाहीका कारण जेनजी आन्दोलनमा धेरै युवकको ज्यान गएको जाँचबुझ आयोगको निष्कर्ष छ।
काठमाडौं परिसरका अनुसार आइतबार अदालततमा उपस्थित गराएपछि उनीहरुको बयान प्रक्रिया सुरु हुनेछ।
प्रतिक्रिया