गृहमन्त्री सुदन गुरुङले गाउँठाउँका मान्छेलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रहरी पोसाकको कारखाना गाउँमा खोल्ने योजना रहेको बताएका छन् ।
सोमबार प्रहरी प्रधान कार्यालय अवलोकनका लागि पुगेका मन्त्री गुरुङले प्रहरीका उच्चपदस्थ कर्मचारीसामु अब प्रहरीको पोसाक प्रहरी कारखानाबाटै उत्पादन हुने उल्लेख गरे । तर, काराखाना सहरमा नभई गाउँमा खाल्ने उनको प्रतिबद्धता थियो । उनले प्रहरीको रासनभत्ता बढाउने विषय पनि मन्त्रालयले पास गरिसकेको उल्लेख गरे ।
उनले प्रहरी स्मार्ट बन्नुपर्छ भन्दै प्रहरीको मनोबल उच्च बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । आइजिपी दानबहादुर कार्कीले प्रहरीको पोसाक गुणस्तरहीन भएको भन्दै दुःख व्यक्त गरेका थिए ।
प्रतिक्रिया