• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • कप्तानगन्ज घटनाको असर: लहानमा तनावपछि हवाई फायर, कर्फ्यु लगाउने तयारी

    कप्तानगन्ज घटनाको असर: लहानमा तनावपछि हवाई फायर, कर्फ्यु लगाउने तयारी

    सिरहा। सुनसरीको कप्तानगन्ज घटनालाई लिएर सिरहाको लहान बजार क्षेत्रमा पनि तीव्र तनाव उत्पन्न भएको छ। बिहीबार दिउँसो प्रदर्शनका क्रममा झडपको स्थिति सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर गरेका छन्।

    जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार लहानमा परिस्थिति बिग्रिन नदिन केही राउन्ड हवाई फायर गरिएको हो।

    हाल लहान बजार क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्भावित हिंसा रोक्न कर्फ्यु लगाउने तयारी भइरहेको प्रशासनले जनाएको छ।

    यसअघि, सिरहाकै गोलबजार क्षेत्रमा बिहीबार दिउँसो २ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिसकिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण १४, बिहीबार ०९:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP