नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान भएका छन्। महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका महतोलाई प्रहरीले आज जिल्ला अदालत महोत्तरीमा पेस गरेपछि कैद भुक्तानका लागि जलेश्वर कारागार पठाइएको हो।
महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार अदालतको आदेश लगत्तै उनलाई कारागार पठाइएको हो। २०७२ सालको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएको घटनामा उच्च अदालत जनकपुरले बुधबार मात्रै महतोलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो। यसअघि महोत्तरी जिल्ला अदालतले उनलाई सफाइ दिएको भए पनि उच्च अदालतले उक्त फैसला उल्ट्याउँदै दोषी ठहर गरेको हो।
प्रतिक्रिया