• २०८३ आश्विन १ | Thu, 17 Sep 2026

  • उद्धारमा सरकार ढिलास्सुस्ती र जलवायु परिवर्तनबारे ‘प्रचण्ड’को आरोप

    उद्धारमा सरकार ढिलास्सुस्ती र जलवायु परिवर्तनबारे ‘प्रचण्ड’को आरोप

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढी र सुरुङमा फसेकाहरूको उद्धारमा सरकारले गम्भीर ढिलाइ गरेको आरोप लगाएका छन्। पार्टी कार्यक्रमका लागि बिहीबार जनकपुरधाम पुगेका प्रचण्डले अन्तर्राष्ट्रिय समुदाय, विज्ञ र दक्ष उद्धार टोलीको सहयोग बेलैमा नलिनु सरकारको कमजोरी भएको बताए।

    अत्याधुनिक प्रविधि र दक्ष जनशक्ति प्रयोग गरेर खोज तथा उद्धारलाई तीव्रता दिएको भए धेरैको ज्यान जोगाउन सकिने उनको दाबी थियो।

    यसैबीच, प्रचण्डले जलवायु परिवर्तनको असर मानव सभ्यता र अस्तित्वसँगै जोडिएकाले यसलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिए। हिमाल पग्लिने समस्या केवल वातावरणीय नभई कृषि, जलस्रोत, जैविक विविधता र समग्र अर्थतन्त्रमा पारेको चुनौती भएको उल्लेख गर्दै उनले भने, “म प्रधानमन्त्री हुँदा यो मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा उठाएको थिएँ, अहिले पनि विश्व समुदायको ध्यान गम्भीर रूपमा आकर्षित गराउनु आवश्यक छ।”



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र २५, बिहीबार ०६:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP