• २०८३ बैशाख २ | Wed, 15 Apr 2026

  • इरानलाई युद्धमा सघाएको आरोपको रुसद्वारा खण्डन 

    इरानलाई युद्धमा सघाएको आरोपको रुसद्वारा खण्डन 

    रुसी अधिकारीको एक प्रतिनिधिमण्डल आफ्ना अमेरिकी समकक्षीसँग भेटघाटका लागि संयुक्त राज्य अमेरिका आइपुगेको छ । बिहीबारदेखि सुरु भएको यो भ्रमण रुसले युक्रेनमाथि आक्रमण गरेपछिको पहिलो हो ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणबारे टिप्पणी गर्दै भने, ‘यी कदमले अमेरिका–रुसबिचको द्विपक्षीय संलग्नताको पुनरुत्थानमा योगदान पुर्‍याउनेछ भन्ने हामी आशा गर्छाैं ।’ भ्रमणका ‘प्रमुख निर्देशन’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैँले तय गरेका पस्कोभले बताउँदै पछि अमेरिकामा हुने बैठकबारे पुटिनलाई फेरि ‘पूर्ण रूपमा जानकारी दिइने’ बताए ।

    युक्रेनमा युद्ध अन्त्य गर्ने सम्बन्धमा अमेरिकाको मध्यस्थतामा भएका वार्ता अहिले रोकिएको समयमा भ्रमण भएकाले धेरैको यसमाथि नजर रहनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत वर्ष ह्वाइट हाउस फर्किएदेखि रुस र युक्रेनबिच विभिन्न चरणका वार्ता भए पनि गतिरोध तोड्न असफल भएको देखिन्छ ।

    पश्चिमी गुप्तचर अधिकारीले इरानी सरकारको प्रमुख समर्थकका रूपमा रुसलाई उद्धृत गरिरहेको सन्दर्भमा बुधबार बेलायतबाट छापिने ‘फाइनान्सियल टाइम्स’ पत्रिकामा ‘रुसले इरानमा ड्रोनको ढुवानी पूरा गर्न लागेको’ समाचार छापियो । यसबारे सोधिएको प्रश्नको जवाफ दिँदै पेस्कोभले भने, ‘मिडियाले धेरै झुट फैलाइरहेका छन् ।



    radiomirmire radiomirmire    
  • २०८२ चैत्र १४, शनिबार ०५:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP