• २०८२ पुष २३ | Wed, 07 Jan 2026

  • बानेश्वरमा सुरु भयो कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला

    बानेश्वरमा सुरु भयो कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला

    काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको भेला थापागाँउमा सुरु भएको छ । थापागाँउस्थित थापागाँउ व्याङ्क्वेटमा भेला सुरु भएको हो । भेलामा महामन्त्री गगन थापा पक्षधर केन्द्रीय सदस्यहरूसमेत सहभागी छन् ।

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाउनेहरूले विशेष भेला गरिरहेका हुन् ।

    विशेष महाधिवेशन माग्दै असोज २९ गते २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो ।

    भेलामा कांग्रेसका केन्द्रीय सदस्यहरू अजयबाबु सिवाकोटी र प्रतिमा गौतम सहभागी छन् । उनीहरू महामन्त्री थापा पक्षीय हुन् । त्यस्तै कांग्रेसका लुम्बिनी प्रदेश सभापछि अमरसिंह पुन पनि सहभागी छन् ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक १८, मंगलवार ०८:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP