• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • जनकपुर पुगेर महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता

    जनकपुर पुगेर महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता

    २३ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेशबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् ।

    बुधबार जनकपुरस्थित निर्वाचन कार्यालय पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । उनी महोत्तरी क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव जितेका थिए ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच १४ पुसमा एकता गर्ने निर्णय भएको थियो । दुवै दलबीच एकता भएपछि जसपा नेपालले ठाकुरलाई उम्मेदवार बनाएको हो । जसपा नेपालसँग एकता हुनुअघि ठाकुर लोसपाका अध्यक्ष थिए।

    राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल भएको छ ।

    राष्ट्रिय सभाका १८ सिटमध्ये नेपाली कांग्रेसलाई ९, नेकपा एमालेलाई ८ र जसपा नेपाललाई १ सिट भागबन्डा भएको छ।



    radiomirmire radiomirmire    
  • २०८२ पुष २३, बुधबार ०८:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP