• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • बाबुरामको विश्लेषण: नेपाल इतिहासमै सबभन्दा कमजोर अवस्थामा

    बाबुरामको विश्लेषण: नेपाल इतिहासमै सबभन्दा कमजोर अवस्थामा

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल अहिले इतिहासकै कमजोर, अस्थिर र अन्योलको अवस्थामा रहेको बताएका छन्।

    आइतबार बिहानै सामाजिक सञ्जालमा लेख्दै भट्टराईले एकअर्काविरुद्ध आरोप-प्रत्यारोपमा नलागी मिलेर देशको संकट समाधानमा लाग्न सबै पक्षलाई अपिल गरेका छन्।

    अन्यथा इतिहासले कसैलाई माफ नगर्ने चेतावनी पनि उनले दिएका छन्।
    ‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा, संस्कृति, मनोबल यतिबेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थीर र अन्योलको अवस्थामा छ’, डा भट्टराईले लेखेका छन्, ‘घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने बेला यो हैन। बरु सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो। सबैले गम्भीर आत्म-समीक्षा गरौँ। नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन।’

    जेनजी आन्दोलनपछि बदलिएको नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण आवश्यक रहेको भन्दै उनले छलफल पनि थालेका छन्।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक ३०, आईतवार ०५:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP