• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • प्रेम सापकोटालाई नेकपाले बनायो राष्ट्रियसभा सदस्यको उम्मेदवार

    प्रेम सापकोटालाई नेकपाले बनायो राष्ट्रियसभा सदस्यको उम्मेदवार

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोकका प्रेम साकोटालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ।

    पार्टीले जनयुद्ध, जनआन्दोलनलगायत सबै परिवर्तनकारी आन्दोलनमा सधैं अग्रमोर्चामा रहेर निष्ठापूर्वक काम गर्दै आएका सापकोटालाई बागमती प्रदेशबाट उम्मेदवार चयन गरेको नेता माधव सापकोटाले जानकारी दिए।

    सहसंयोजक माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठको उपस्थितिमा संयोजक प्रचण्डले आज बिहान सापकोटालाई राष्ट्रियसभा उम्मेदवारको टिकट प्रदान गरेका हुन्।

    आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ।



    radiomirmire radiomirmire    
  • २०८२ पुष २३, बुधबार ०७:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP