• २०८२ पुष २३ | Wed, 07 Jan 2026

  • केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाऔं -उपाध्यक्ष विष्णुप्रसाद पौडेल

    केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाऔं -उपाध्यक्ष विष्णुप्रसाद पौडेल

    नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कुरामा पार्टीभित्र विमति हुनुपर्ने कुनै कारण नरहेको बताएका छन्।

    पार्टीको आसन्न ११ औं महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध वरिष्ठ नेता ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेका बेला उहाँले ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कुरालाई मान्न नहुने कुनै कारण नरहेको प्रतिक्रिया दिएका हुन्।प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले पार्टीको आसन्न ११ औ महाधिवेशनमा सहमतीका साथ टुंगिने दाबी समेत गरे। अध्यक्ष ओलीको नेतृत्वको वरिपरी गोलबन्द भएर पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ भन्ने कुरालाई नमान्नुपर्ने कुनै कारण आफूले नदेखेको उनको जिकिर थियो।

    उपाध्यक्ष पौडेलले पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारी विरुद्ध दिइएको उम्मेदवारी अन्तिम समयमा आएर फिर्ता भएको जस्तै आसन्न महाधिवेशनमा पनि सोही बाटोबाट एमालेले नेतृत्व चयन गर्ने विश्वास समेत व्यक्त गरे। उनले पार्टी, आन्दोलन र मुलुकको नेतृत्व गरिरहेकाले ओलीनै पार्टीको नेतृत्वमा उपयुक्त हुने तर्क पनि गरे



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर १७, बुधबार ०९:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP