• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • दुर्घटनामा परेर खोलामा फसेका चालकको उद्धार

    दुर्घटनामा परेर खोलामा फसेका चालकको उद्धार

    म्याग्दीको बेनी नगरपालिका– ४, सिंगा तातोपानीस्थित घुमाउनेभिरमा दुर्घटनामा परेर म्याग्दी खोलामा फसेका एकजनाको उद्धार गरिएको छ । गएराति करिब साढे २ बजेको समयमा भैरहवादेखि सिमेन्ट बोकेर आएको ग.२ख ०८४० नम्बरको ट्रक बेनी–दरबाङ सडकखण्डअन्तर्गत घुमाउनेभिरको साँघुरो सडकबाट म्याग्दी नदीमा खसेर दुर्घटनामा परेको थियो ।

    ट्रकसँगै करिब ६० मिटर तल म्याग्दी नदीमा खसेर घाइते अवस्थामा फसेका पाल्पाको तानसेन नगरपालिका– ८, मदनपोखरा घर भएका चालक वर्ष ३४ का गोविन्दबहादुर खाम्चालाई उद्धार गरी प्रदेश अस्पताल बेनीमा उपचारका लागि पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

    घटनालगत्तै प्रहरी चौकी सिंगा तातोपानीबाट प्रहरी सहायक निरीक्षक दिवाकर सुवेदीको कमान्डमा ट्राफिकसहित तीनजनाको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १० जनाको टोली उद्धार सामग्रीसहित खटिएर खोलाबाट उद्धार गरेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेका चालक खाम्चाको निधार र शरीरको विभिन्न भागमा चोट लागेको र प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ । पहिरो र भिरको साँघुरो सडकको कारण घुमाउनेभिरमा पटक–पटक दुर्घटना हुने गरेको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर १५, सोमबार ०७:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP