काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम तीव्र भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ। सार्वजनिक बिदाकै दिन आइतबार दिउँसो ३ बजेका लागि प्रधानमन्त्रीले यो बैठक आह्वान गर्नुभएको हो।
एक मन्त्रीका अनुसार बैठकबारे दिउँसो डेढ बजेतिर मात्रै मन्त्रीहरूलाई जानकारी गराइएको थियो। प्रधानमन्त्री बालेनकै निर्देशनमा शनिबारदेखि काठमाडौँका विभिन्न स्थानमा रहेका अव्यवस्थित बस्तीहरूमा डोजर प्रयोग गरेर हटाउने काम भइरहेको छ। बस्ती भत्काउने कार्यले तनावपूर्ण स्थिति सिर्जना भइरहेका बेला आइतबारको मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। यस बैठकले सुकुमवासी समस्या र जारी अभियानका सन्दर्भमा केही महत्त्वपूर्ण निर्णय लिन सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया