नेपाली सेनाले माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा उद्धार तथा मर्मत कार्यका लागि जनशक्ति थप गरेको छ। दुई जनाको जीवितै सफल उद्धार गरेलगत्तै सेनाको टोलीले थप जनशक्तिसहित पावरहाउसभित्र प्रवेश गरेर काम अघि बढाएको हो।
नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहितको टोली र थपिएका सैन्य जनशक्ति अहिले पावरहाउसभित्र पुगिसकेका छन्। टोलीले भित्र रहेका अन्य सामग्री तथा अवस्थाको नियन्त्रण र आवश्यक व्यवस्थापनको काम सुरु गरिसकेको छ।
प्रतिक्रिया