• २०८३ आश्विन १ | Thu, 17 Sep 2026

  • एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक असार २३ पछि पहिलोपटक आह्वान, ओलीद्वारा प्रतिवेदन पुनर्लेखनको निर्देशन

    एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक असार २३ पछि पहिलोपटक आह्वान, ओलीद्वारा प्रतिवेदन पुनर्लेखनको निर्देशन

    काठमाडौं—नेपाल कम्युनिस्ट पार्टी (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाइएको छ। कार्यदलका एक सदस्यका अनुसार उक्त बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने तय भएको छ। प्रतिवेदन लेखनको प्रक्रिया अघि बढाउन गत असार २३ गतेपछि पहिलोपटक कार्यदलको बैठक बस्न लागेको हो।

    यसअघि कार्यदलका सदस्य-सचिव एवं पार्टी महासचिव शंकर पोखरेलले ६५ पृष्ठ लामो समीक्षा प्रतिवेदन तयार पारेका थिए। उक्त प्रतिवेदनमा चुनावी पराजयको सम्पूर्ण जिम्मा लिँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने र तत्काल पार्टीको विशेष महाधिवेशन बोलाउनुपर्नेजस्ता गम्भीर सुझावहरू समावेश गरिएको छ।

    यद्यपि, प्रतिवेदनमा प्रस्तुत निष्कर्ष र सुझावहरूप्रति अध्यक्ष ओलीले कडा असन्तुष्टि जनाएका छन्। उनले प्रतिवेदनमा उल्लेखित विषयवस्तु संशोधन एवं पुनर्लेखन गर्न कार्यदलका संयोजक तथा वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई निर्देशन दिइसकेका छन्। अध्यक्षको असन्तुष्टि र प्रतिवेदन पुनर्लेखनको निर्देशनबीच बस्न लागेको यो बैठकलाई एमालेभित्र अर्थपूर्ण रूपमा हेरिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र २५, बिहीबार ०९:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP