काठमाडौँ: नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा राजदूत श्रीवास्तवले भारतीय विदेशमन्त्री एस. जयशंकरको तर्फबाट मन्त्री खनाललाई पठाउनुभएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गर्नुभयो।
नयाँ सरकार गठनपछि भारतीय पक्षबाट भएको यो उच्च तहको पहिलो महत्वपूर्ण भेटघाट हो। भेटका क्रममा नेपाल र भारतबीचको सदियौँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने र द्विपक्षीय हितका विविध विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया