• २०८३ कार्तिक २० | Thu, 05 Nov 2026

  • ओभरडोज औषधी खाँदा एक वृद्धको ज्यान गयो

    ओभरडोज औषधी खाँदा एक वृद्धको ज्यान गयो

    नियमित सेवन गर्दै आएको डिप्रेसन औषधीको मात्रा ओभरडोज प्रयोग गर्दा रामेछापमा एक वृद्धको ज्यान गएको छ। चिकित्सकले दिएकोभन्दा बढी ओभरडोज औषधी सेवन गर्दा रामेछापको सुनापति गाउँपालिका–१ गुन्सी भदौरेका ६० वर्षीय इन्द्र बहादुर रायको ज्यान गएको हो।

    उनलाई केही वर्षअघि देखी डिप्रेसन भई सो रोगका कारण चिकित्सकले दिएको डिप्रेसनको औषधी सेवन गर्दै आएका थिए।उनले नियमित खाँदै आएको उक्त औषधीले आफुलाई नछोएको भन्दै बिहीबार राती आफैँले डबल डोज प्रयोग गरेका थिए।

    औषधी सेवन गरेर सुतेका रायलाई अचानक चक्कर लाग्ने वाकवाकी लाग्ने र बेहोस हुनेजस्ता लक्षण देखिएपछि तत्काल उपचारको लागि शुक्रबार दिउँसो काठमाडाैं विर अस्पताल लैजाने क्रममा उनको बिच बाटोमा नै ज्यान गएको हो। उनको शव हाल विर अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर २७, शनिबार ०५:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    काठमाडौँ जोडिने मकवानपुरका सडकमा १२ घण्टा सवारी आवागमन ठप्प  लगातारको वर्षासँगै बाढी तथा पहिरोको उच्च जोखिम बढेपछि मकवानपुर प्रशासनले काठमाडौँ जोड्ने मुख्य सडक खण्डमा १२ घण्टाका लागि सवारी साधन सञ्चालनमा रोक लगाएको छ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म भैँसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।  सडक बन्द गर्नुका मुख्य कारणहरू:  मौसम र चक्रवातको प्रभाव: बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातका कारण कात्तिक १२ गतेदेखि देशभर भारी वर्षा भइरहेको छ।  कुलेखानी जलाशयमा पानीको सतह वृद्धि: निरन्तरको वर्षाले कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढेको छ। नेपाल विद्युत् प्राधिकरण, कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार जलाशयको सतह शनिबार दिउँसो १२ बजे १५२८.१५ मिटर पुगेको थियो, जुन साँझ ४ बजेसम्म १५२९ मिटर पुग्ने अनुमान गरिएको छ।  बाँधका गेट खोलिने जोखिम: जलाधार क्षेत्रमा थप वर्षा भए जलाशयको सुरक्षाका लागि बाँधका मुख्य गेटहरू खोल्नुपर्ने अवस्था आउन सक्छ। गेट खोलिएमा सिस्नेरी खोला र बागमती नदीको तल्लो तटीय क्षेत्रमा आकस्मिक रूपमा बाढी आउने खतरा रहेको छ।  रातिको समयमा हुन सक्ने सम्भावित बाढी-पहिरो र मानवीय तथा भौतिक क्षति रोक्न सुरक्षात्मक कदम स्वरूप यो निर्णय लिइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो। प्रशासनले तोकिएको समयसम्म उक्त सडकखण्ड प्रयोग नगर्न र यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सडकको ताजा अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।
    ताजा अपडेट
    TOP