• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • ओभरडोज औषधी खाँदा एक वृद्धको ज्यान गयो

    ओभरडोज औषधी खाँदा एक वृद्धको ज्यान गयो

    नियमित सेवन गर्दै आएको डिप्रेसन औषधीको मात्रा ओभरडोज प्रयोग गर्दा रामेछापमा एक वृद्धको ज्यान गएको छ। चिकित्सकले दिएकोभन्दा बढी ओभरडोज औषधी सेवन गर्दा रामेछापको सुनापति गाउँपालिका–१ गुन्सी भदौरेका ६० वर्षीय इन्द्र बहादुर रायको ज्यान गएको हो।

    उनलाई केही वर्षअघि देखी डिप्रेसन भई सो रोगका कारण चिकित्सकले दिएको डिप्रेसनको औषधी सेवन गर्दै आएका थिए।उनले नियमित खाँदै आएको उक्त औषधीले आफुलाई नछोएको भन्दै बिहीबार राती आफैँले डबल डोज प्रयोग गरेका थिए।

    औषधी सेवन गरेर सुतेका रायलाई अचानक चक्कर लाग्ने वाकवाकी लाग्ने र बेहोस हुनेजस्ता लक्षण देखिएपछि तत्काल उपचारको लागि शुक्रबार दिउँसो काठमाडाैं विर अस्पताल लैजाने क्रममा उनको बिच बाटोमा नै ज्यान गएको हो। उनको शव हाल विर अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर २७, शनिबार ०५:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP