• २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026

  • पद र स्वार्थभन्दा माथि उठेर एक ठाउँमा उभियौँ : कुलमान घिसिङ

    पद र स्वार्थभन्दा माथि उठेर एक ठाउँमा उभियौँ : कुलमान घिसिङ

    ऊर्जामन्त्री कुलमान घिसिङले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठ्दै जनताको चाहना र देशको हितलाई ध्यान दिएर उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरणको सहमति गरिएको बताएका छन्।

    सहमतिको भोलिपल्ट मंगलबार उनले यस विषयमा प्रतिक्रिया दिएका हुन्।

    उनले भनेका छन्, ‘उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ। पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौँ। यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौँ। उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौँ।’

    लामो रस्साकस्सीपछि सोमबार राति रास्वपा सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच राजनीतिक एकताको सहमति भएको हो।

    रवि र बालेनबीच एकता सहमति (आइतबार) भएको भोलिपल्ट कुलमान पनि समेटिएका हुन्। सहमतिअनुसार कुलमान रास्वपाको वरिष्ठ उपसभापति बन्नेछन् भने महामन्त्री पद पनि उनकै पार्टी उज्यालो नेपाल पार्टीका नेता बन्नेछन्। तर यो निर्णय गर्न बाँकी छ।

    यस्तै बाँडफाँटमा उज्यालो नेपाललाई समानुपातिकमा २० र प्रत्यक्षमा ३० प्रतिशत कोटा दिने सहमति भएको छ।

    सहमतिसँगै कुलमान र बालेन पनि रास्वपाकै नेता बनेका छन्।



    radiomirmire radiomirmire    
  • २०८२ पुष १५, मंगलवार ०७:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP