• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • कांग्रेस काभ्रेबाट तीन जना केन्द्रीय सदस्यसहित १८ जना उम्मेवार सिफारिस

    कांग्रेस काभ्रेबाट तीन जना केन्द्रीय सदस्यसहित १८ जना उम्मेवार सिफारिस

    आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि नेपाली कांग्रेस काभ्रेपालाञ्चोकले उम्मेदवार सिफारिस गरेका छन् । प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ दुई जनाका लागि तीन जना केन्द्रीय सदस्यसहित १८ जना र राष्ट्रिय सभा सदस्यको लागि १७ जना सिफारिस गरेको हो ।शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकले पर्टीको प्रतिनिधि सभा क्षेत्र न १ कार्यसमितिले सिफारिस गरेको आकांक्षीहरूको नाम प्रदेश र केन्द्रमा पठाएका हुन् ।

    जिल्ला सचिवका अनुसार क्षेत्र न १ का लागि केन्द्रीय सदस्य गणेश लामा, जिल्ला सचिव गुणराज मुक्तान, नेता तिर्थ पसखल, धुलिखेल नगर स्स्भापति बिदुर बहादुर बस्नेत र रमिला खनाललाई सिफारिस गरेको छ । त्यसरी नै प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ हर्षजित लामा, ललिता किङरिङ मगर, हरिबहादुर बल, मिरा नेपाली, उद्धव कोइराला र बाबुराम गिरीलाई सिफारिस गरेका छन् ।

    प्रतिनिधि सभा सदस्य क्षेत्र न १ बाट राष्ट्रिय सभा सदस्यको लागलागि इन्द्रमणी अधिकारी र इश्वरी प्रसाद ओझाको नाम सिफारिस गरेको जिल्ला सचिव मुक्तानले जानकारी दिए । त्यस्तै प्रतिनिधि सभा क्षेत्र न २ का लागिलागी केन्द्रीय सदस्य मधु प्रसाद आचार्य, केन्द्रीय सदस्य शिव प्रसाद हुमागाई, जिल्ला नेता अच्युत प्रसाद पौडेल, जिल्ला उपसभापति ठाकुर प्रसाद न्यौपाने, चन्द्र ढकाल, सुन्दरमणी आचार्य, हेम बहादुर तामाङ, जिल्ला सचिव मादव ढकाल, होमराज चौलागाईं, नन्दु दुलाल, मुकेश पन्त, डा राम थपलिया र इन्दिरा बुढाथोकीको नाम जिल्लाबाट सिफारिस भएको सचिव मुक्तानले जानकारी दिए ।

    प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फको लागि दिल लामा, लिला नेपाल, तस्बिर लामा, जितकृष्ण श्रेष्ठ, माईली दनुवार, मञ्जु शाह ठकुरी, रिता गौतम, रामचन्द्र श्रेष्ठ, उदय केसी, इन्द्रबहादुर तामाङ र कृष्णगोपाल भैल प्रतिनिधि सभा क्षेत्र न २ बाट राष्ट्रिय सभा सदस्यको लागि इन्द्रमणी अधिकारी, डा राम थपलिया, सिताराम परियार, गोबिन्द पराजुली र रामेश्वर ढकालको नाम सिफारिस गरेको जिल्ला सचिव गुणराज मुक्तानले जानकारी दिए ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर २७, शनिबार ०५:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP