• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • सेती प्रादेशिक अस्पतालमा तीन दिनदेखि उठेन सुत्केरीको शव

    सेती प्रादेशिक अस्पतालमा तीन दिनदेखि उठेन सुत्केरीको शव

    २५ पुस, धनगढी । सेती प्रादेशिक अस्पतालमा शल्यक्रियामार्फत शिशु जन्माएपछि मृत्यु भएकी महिलाको शव तीन दिनदेखि उठेको छैन् ।

    बुधबार साँझ ५ बजे ज्यान गुमाएकी गोदावरी नगरपालिका–८ बस्ने ३३ वर्षीया राधिका नेपालीको शव अहिलेसम्म नउठाउने प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले नेपालीको शव प्रादेशिक अस्पतालको शव गृहमा रहेको बताए ।

    उनका अनुसार राधिकाको मृत्युुको विषयमा पीडित पक्ष र अस्पताल प्रशासनबीच छलफल भइरहेपनि निष्कर्षमा नपुगेका कारण शव नउठेको हो ।

    शल्यक्रियामार्फत नवजात शिशु (छोरी) लाई जन्म दिएपछि सुत्केरीको स्वास्थ अवस्था जटिल बनेको थियो ।

    २३ गते दिउँसो शिशु जन्माएकी नेपालीको उपचारका क्रममा साँझ मृत्यु भएको थियोे । आमाको मृत्युु भएपनि नवजात शिशु भने जिवितै छ ।

    परिवारले भने चिकित्सकको लापरबाहीले नेपालीको मृत्युु भएको भन्दै कानुनबमोजिम कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन् ।



    radiomirmire radiomirmire    
  • २०८२ पुष २५, शुक्रबार ०८:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP