• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • सानेपा पुगेका पूर्णबहादुरलाई विश्वप्रकाशले पठाए सहमतिका लागि नयाँ प्रस्ताव

    सानेपा पुगेका पूर्णबहादुरलाई विश्वप्रकाशले पठाए सहमतिका लागि नयाँ प्रस्ताव

    केन्द्रीय कार्यसमितिको बैठकका लागि सानेपा पुगेको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि नयाँ प्रस्ताव पठाएका छन्।

    सानेपास्थित कार्यवाहक सभापति खड्काको कार्यकक्षमा महामन्त्री शर्माले पठाएको प्रस्तावमाथि छलफल भइरहेको एक नेताले बताए। ‘सहमतिका लागि नयाँ प्रस्ताव आएको छ, त्यसमाथि कुराकानी भइरहेको छ,’ एक नेताले भने।

    यअसघि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवालाई विश्राम लिन आग्रह गरेका थिए। उनीहरू आउँदो प्रतिनिधि सभाको निर्वाचनमा टिकट वितरणका कार्यवाहक सभापतिको हस्ताक्षर रहने व्यवस्था गर्न माग गरेका थिए।

    त्यस्तै, सभापति देउवाले आगामी चुनावमा उम्मेदवार बन्न नहुन उनीहरूको माग थियो। यससँगै विशेष महाधिवेशनले गरेका निर्णयलाई मान्यता दिनुपर्ने माग थियो।

    सभापति देउवाले वैशाखमा हुने १५औँ महाधिवेशनपछि आफू स्वतः बाहिरिने भएकाले तीन महिना कुर्न आग्रह गरेका थिए। चुनाव नलड्ने विषयमा भने उनले कुनै जवाफ दिएका थिएनन्।

    संस्थापन पक्षले अन्य माग पूरा गर्न लचकता देखाएको थियो। आउँदो प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरण गर्दा कार्यवाहक सभापतिको हस्ताक्षर रहनेमा पनि लचक हुने जनाएको थियो।

    अहिले त्यही वरिपरि सहमतिका लागि महामन्त्री शर्माले प्रस्ताव पठाएको छलफलमा सहभागी एक नेताले नेपालखबरलाई बताए।



    radiomirmire radiomirmire    
  • २०८२ पुष ३०, बुधबार ०८:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP