राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन शाह आज बारा आइपुगेका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनले जिल्लाका विभिन्न स्थानमा भेटघाट तथा कार्यक्रमहरूमा सहभागिता जनाउने बताइएको छ।
उनको भ्रमण तालिकाअनुसार बिहान निजगढमा कार्यक्रम राखिएको छ भने कलैयामा दिउँसो १ बजे अन्तर्क्रिया कार्यक्रम र जितपुरसिमरामा दिउँसो २ बजे कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। बालेन शाहको आगमनसँगै जिल्लामा राजनीतिक चहलपहल बढेको छ।
उनको भ्रमणलाई आगामी राजनीतिक गतिविधि तथा संगठन सुदृढीकरणसँग जोडेर हेरिएको छ। स्थानीय तहका नेता–कार्यकर्ता तथा समर्थकहरूले उनलाई स्वागत गरेका छन्। बारा जिल्लामा बालेन शाहको यो भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ भने उनले स्थानीय समस्या, विकास निर्माणका मुद्दा तथा समसामयिक राजनीतिक अवस्थाबारे धारणा राख्ने कार्यक्रम रहेको जनाइएको छ।
प्रतिक्रिया