• २०८२ फाल्गुन २६ | Tue, 10 Mar 2026

  • तारेख बुझेपछि रवि लामिछानेले भने- न्यायको आशा र अपेक्षासहित अदालत पुगिरहेको छु

    तारेख बुझेपछि रवि लामिछानेले भने- न्यायको आशा र अपेक्षासहित अदालत पुगिरहेको छु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले न्यायको आशा र अपेक्षासहित अदालत पुगिरहेको बताएका छन्।

    लामिछानेले बिहीबार जिल्ला अदालत, कास्कीमा तारेख बुझेका छन्। त्यसका लागि उनी एक दिनअघि पोखरा पुगेका थिए। बुधबार पोखरामा चुनावी कार्यक्रममा पनि सहभागी भएका थिए।

    बिहीबार बिहान जिल्ला अदालतमा तारेख बुझेपछि उनले अदालतप्रति आफ्नो सम्मान रहेको प्रतिक्रिया दिए। ‘कानुनी प्रक्रिया, अदालती प्रक्रियालाई जहिले पनि सम्मान गर्नुपर्ने हुन्छ। हामीले न्याय पाउने भनेको सम्मानित अदालतबाट नै हो,’ उनले भने।

    प्रहरी अनुसन्धान प्रक्रियामा भने उनले असन्तुष्टि जनाए। ‘अनुसन्धान, अभियोजन जेजस्तो भए पनि अदालतमा मेरो विश्वास सधै छ, सम्मान छ। असन्तुष्टि पनि कोर्टरुममै राख्ने हो। तर, प्रक्रिया सघाउनुपर्छ भनेर म अडिग छु,’ लामिछानेले भने।

    मुद्दा प्रक्रियामा पनि आफूलाई अदालत पुग्नुपर्ने बाध्यकारी बनाइएको उनको गुनासो थियो। ‘मेरो बाध्यकारी पनि बनाइदिएको छ, म आफै आउनुपर्छ,’ लामिछानेले भने, ‘त्यसै किसिमले मुद्दा लगाएको भएकाले मैले आशा र अपेक्षासहित महिनामा पाँच वटा अदालतमा पुग्नु परिहाल्छ।’

    अदालतको तारेखलाई ध्यानमा राखेर आफ्नो तालिका तय गरेको उनले सुनाए। ‘अदालतको तारेखलाई मध्यनजर गरेर तालिका पनि त्यसरी नै बनाउने कोसिस गरेको छु। तैपनि भद्रगोल भइहाल्छ,’ उनले भने।

    कानुनी राज्यको स्थापनाका लागि हिडेको भएकाले पनि अदालती प्रक्रियालाई सम्मानका साथ पूरा गरिरहेको उनको भनाइ थियो। ‘कानुनी राज्यको स्थापना गर्न हामी हिडेका हौँ, त्यसकारणले हामीले नै कानुनी राज्यलाई, अदालती प्रक्रियालाई राम्रोसँग अबलम्बन गरिएन भने त अप्ठ्यारो हुन्छ,’ उनले भने।

    उनले पटकपटक अदालतमाथि विश्वास भएको दोहो¥याए। लामिछानले भने, ‘सम्मानित अदालतमा ससम्मान आफूमाथि लागेका झुटा मुद्दा खेप्दै छु, लड्दै छु, गुन तिर्दै छु।’

    तारेख बुझेपछि उनी चुनावी कार्यक्रमका लागि स्याङ्जातिर लागेका छन्। बुधबार पोखराकै विभिन्न स्थानमा चुनावी कार्यक्रमलाई सम्बोधन गरेका थिए।



    radiomirmire radiomirmire    
  • २०८२ माघ २९, बिहीबार ०७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP