• २०८३ जेष्ठ ११ | Mon, 25 May 2026

  • पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन गर्न कांग्रेस सांसद शाहको माग, आयोगमाथि पनि उठाए प्रश्न

    पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन गर्न कांग्रेस सांसद शाहको माग, आयोगमाथि पनि उठाए प्रश्न

    काठमाडौँ : नेपाली कांग्रेसका सांसद एवं संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्तिमाथि तत्काल निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उपनेता शाहले पूर्वगृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यस विषयमा उच्चस्तरीय छानबिन हुनुपर्ने माग गर्नुभएको हो।

    बैठकमा विशेष समय लिएर बोल्दै उहाँले पूर्वगृहमन्त्री गुरुङको सम्पत्ति छानबिनका लागि गठित समितिको कार्यशैलीमाथि समेत गम्भीर आशंका व्यक्त गर्नुभयो। अहिलेको छानबिन समिति संशयको घेरामा रहेका पूर्वगृहमन्त्रीलाई बचाउन र चोख्याउन लागिपरेको जनस्तरमा व्यापक चर्चा र आशंका उब्जिएको शाहको आरोप थियो।

    सांसद शाहले आयोगले कुनै पनि शक्ति, दबाब वा प्रभावमा परेर कसैलाई उन्मुक्ति दिन नहुनेमा जोड दिनुभयो। शक्तिशाली पदमा बसेको व्यक्ति कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै उहाँले प्रतिनिधि सभा जनताको विश्वासको केन्द्र भएकाले सरकारले आयोगको गतिविधिमाथि कडा निगरानी राख्नुपर्ने र पूर्वगृहमन्त्रीको सम्पत्तिको पारदर्शी छानबिन सुनिश्चित गर्नुपर्ने माग समेत सदनमार्फत गर्नुभएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ जेष्ठ ४, सोमबार ०८:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP