काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई तीव्र बनाउन सात वटै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई खटाउने निर्णय गरेको छ। कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका सभापति प्रदीप पौडेलको सभापतित्व तथा पार्टी सभापति गगन थापाको विशेष उपस्थितिमा बसेको बैठकले प्रदेश कमान्डरहरूको टुङ्गो लगाएको हो।
समितिको निर्णयअनुसार कोसी प्रदेशमा डा. डिला संग्रौला, मधेसमा देवराज चालिसे, बागमतीमा बहादुरसिंह लामा र गण्डकीमा मुक्ताकुमारी यादवलाई जिम्मेवारी दिइएको छ। त्यसैगरी लुम्बिनी प्रदेशमा अमरसिंह पुन, कर्णालीमा जानकी सिंह र सुदूरपश्चिम प्रदेशमा उदय शमशेर राणालाई कमान्डर तोकिएको छ। पार्टीका कार्यवाहक कार्यालय सचिव कृष्णप्रसाद दुलालका अनुसार तोकिएका नेताहरूलाई विशेष जिम्मेवारीसहित तत्काल कार्यक्षेत्रमा खटिन निर्देशन दिइएको छ।
प्रतिक्रिया