• २०८३ भाद्र २२ | Mon, 07 Sep 2026

  • बाढी पीडितका लागि शिवम् सिमेन्टको ठूलो राहत घोषणा: ११ हजार बोरा सिमेन्ट र २१ लाख नगद सहयोग

    बाढी पीडितका लागि शिवम् सिमेन्टको ठूलो राहत घोषणा: ११ हजार बोरा सिमेन्ट र २१ लाख नगद सहयोग

    काठमाडौँ।

    गत भदौ १० गतेको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित रसुवा जिल्लासहित विभिन्न क्षेत्रका पीडितहरूको राहत, उद्धार तथा पुनर्निर्माणका लागि शिवम् सिमेन्टले उल्लेख्य सहयोगको घोषणा गरेको छ।

    कम्पनीका अनुसार बाढी प्रभावित परिवारहरूको आवास पुनर्निर्माणका लागि नेपाल सरकारसँगको समन्वयमा ११० घरधुरी परिवारलाई प्रतिपरिवार १०० बोराका दरले जम्मा ११ हजार बोरा ‘शिवम् ओपीसी सिमेन्ट’ निःशुल्क उपलब्ध गराइने भएको छ।

    यसैगरी, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले विपद्पछिको उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई सघाउन ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा २१ लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ।

    प्रदान गरिएको सिमेन्ट र नगद सहयोगले बाढी प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्निर्माण अभियानलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास कम्पनीले लिएको छ।

    विपद्को यस कठिन घडीमा सरकार, स्थानीय निकाय तथा अन्य सरोकारवालाहरूसँग सहकार्य गर्दै प्रभावित नागरिकहरूको जीवन सामान्य बनाउन र पुनर्स्थापना कार्यमा निरन्तर साथ दिने प्रतिबद्धतासमेत शिवम् सिमेन्टले जनाएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र १५, सोमबार १३:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP