वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा हालै सम्पन्न राष्ट्रपति निर्वाचनको परिणामलाई ‘लज्जास्पद’ र ब्राजिलियन जनताका लागि ‘अपमानजनक’ भन्दै टिप्पणी गरेका छन्। वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले चुनावमा कसैको पक्ष नलिएको दाबी गरे पनि ब्राजिलमा देखिएको दृश्य शब्दमा वर्णन गर्न गाह्रो भएको बताएका छन्।
यसैबिच, ब्राजिलको राष्ट्रपति निर्वाचनमा वर्कर्स पार्टीका ८० वर्षीय वरिष्ठ नेता लुइज इनासियो लुला दा सिल्भाले सानदार पुनरागमन गर्दै चौथो कार्यकाल सुरक्षित गरेका छन्। दोस्रो चरणको प्रतिस्पर्धात्मक चुनावमा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गरी जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी अति-दक्षिणपन्थी लिबरल पार्टीका नेता तथा पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२४ प्रतिशत मत प्राप्त गरे। पहिलो चरणको मतदान र पूर्व-चुनावी सर्वेक्षणहरूमा बोल्सोनारोले अग्रता कायम राखेका भए पनि अन्तिम नतिजामा लुलाले बाजी मारेका हुन्।
निर्वाचनमा पराजय व्यहोरेसँगै ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारो सपरिवार ब्राजिल छाडेर अमेरिका प्रस्थान गरेका छन्।
प्रतिक्रिया