काठमाडौं, १८ चैत (बुधबार): नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार ४ सय रुपैयाँले बढेको हो।
आजको बजार भाउ:
- छापावाल सुन: प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ। (हिजो मंगलबार प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।)
- चाँदी: चाँदीको मूल्य पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ। (हिजो चाँदी प्रतितोला ४ हजार ८ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।)
प्रतिक्रिया