• २०८३ आश्विन १ | Thu, 17 Sep 2026

  • एमालेद्वारा रसुवाका बाढी-पहिरो पीडितलाई १ करोड २० लाख सहयोगको घोषणा

    एमालेद्वारा रसुवाका बाढी-पहिरो पीडितलाई १ करोड २० लाख सहयोगको घोषणा

    काठमाडौँ।

    नेकपा (एमाले) ले रसुवाका बाढी, पहिरो तथा डुबान पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

    सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सो सहयोगको घोषणा गर्नुभएको हो। पार्टीले केन्द्रीय तहबाटै विपद् व्यवस्थापन कोष परिचालन गरी कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गर्ने उहाँले जानकारी दिनुभयो।

    सोही कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीका तर्फबाट १०–१० लाख गरी जम्मा २० लाख रुपैयाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो।

    सरकारी प्रक्रियागत ढिलाइका कारण पीडितले समयमा राहत नपाउने अवस्था आउन नदिने उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले पीडितको हातमा प्रत्यक्ष र द्रुत गतिमा राहत पुर्‍याउने मोडालिटी अपनाउने स्पष्ट पार्नुभयो।

    “सरकारी कोषमा जम्मा भएको रकम कहिलेकाहीँ खातामै थन्किने र पीडितले तत्काल पाउनुपर्ने पिउने पानीसमेत नपाउने अवस्था हुन्छ,” अध्यक्ष ओलीले भन्नुभयो, “हाम्रो प्राथमिकता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई मात्र बलियो बनाउनु नभई पीडितको हातमै छिटोभन्दा छिटो राहत पुर्‍याउनु हो।”

    उहाँले उद्धार तथा पुनर्स्थापनाका लागि जुनसुकै माध्यमबाट भए पनि वास्तविक पीडितसम्म छिटो पुग्ने बाटो पार्टीले रोज्ने बताउँदै विपद्को यस कठिन घडीमा सबै पक्षलाई जिम्मेवार भएर राहत कार्यमा जुट्न आग्रह गर्नुभएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र १५, सोमबार १२:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP