• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • मतदान जारी, शीर्ष नेता-कार्यकर्ता भलाकुसारीमा

    मतदान जारी, शीर्ष नेता-कार्यकर्ता भलाकुसारीमा

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि मतदान भइरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो । एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने २२६३ प्रतिनिधि रहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म ४०० मत खसेको छ। पार्टीको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ। महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा छ।एमालेको ११ औं महाधिवेशनमा १२ जना निर्विरोध निर्वाचित भएका छ्न्। नयाँ नेतृत्व छनोटका लागि मतदान जारी रहँदा उम्मेदवारका समर्थकहरुले प्रचारप्रसार गरिरहेका छन् । शीर्ष नेताहरु कार्यकर्तासँग मत माग्नुका साथै भलाकुसारी गरिरहेका छन्।

    मतदान चलिरहँदा गायिका ज्योति मगर पनि महाधिवेशनस्थलमा पुगिरहेका छन्।



    radiomirmire radiomirmire    
  • २०८२ पुष २, बुधबार ०८:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP