• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • भृकुटीमण्डपमा विशेष महाधिवेशन चल्दै गर्दा शेखरले भने- पार्टीको विधान कार्यान्वयन गर्ने संकल्प गर्दै हुनुहुन्छ

    भृकुटीमण्डपमा विशेष महाधिवेशन चल्दै गर्दा शेखरले भने- पार्टीको विधान कार्यान्वयन गर्ने संकल्प गर्दै हुनुहुन्छ

    नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको विधिको प्रभावकारिता र नीतिको सान्दर्भकिता स्थापित गर्ने पवित्र उदेश्यका साथ पार्टीको महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आएको बताएका छन्।

    ‘आदरणीय पार्टी महाधिवेशन प्रतिनिधिहरू साथीहरू, तपाईंहरू पार्टीको धरोहर हुनुहुन्छ,’ भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आयोजनामा विशेष महाधिवेशन सुरु हुँदै गर्दा भिडिओ सन्देश जारी गरेर उनले भनेका छन्, ‘तपाईंहरू विधिको प्रभावकारिता र नीतिको सान्दर्भकिता स्थापित गर्ने पवित्र उदेश्यका साथ काठमाडौँ आउनु भएको छ।’

    कोइरालाले पार्टीको विधान कार्यान्वयन गर्ने संकल्प गरेको भन्दै कांग्रेसको हित र एकतावद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्नेमा पनि महाधिवेशन प्रतिनिधिहरू सक्षम रहेको उल्लेख गरेका छन्। ‘पार्टीको विधान कार्यान्वयन गर्ने संकल्प गर्दै हुनुहुन्छ,’ उनको भनाइ छ, ‘त्यस विषयमा समग्र कांग्रेसको हित र एकतावद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न समेत त्यति नै समक्ष हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ।’

    कोइरालाले केही दिनदेखि पार्टीमा निकासका लागि आफू लागि परेको र लागि रहने प्रतिवद्धता समेत जनाएका छन्। ‘यो कार्यका लागि मैले केही दिनदेखि भगिरथ प्रयत्न गरिरहेको छु,’ उनको भनाइ छ, ‘जबसम्म निकास निस्कैदन तबसम्म म लागि रहने छु भन्ने प्रण पनि गर्दछु। मेरो दृढ विश्वास छ-एकतावद्ध भएर अगाडि बढ्न सकिन्छ। र, जय नेपालको नाराको गुञ्जनबाट मा सम्भव छ भन्ने मलाई लाग्छ।’



    radiomirmire radiomirmire    
  • २०८२ पुष २७, आईतवार ०८:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP