• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026

  • सुनसरी घटना छानबिन गर्न भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन

    सुनसरी घटना छानबिन गर्न भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन

    सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडप र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा उक्त समिति गठन गरेको हो।

    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ। समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ऊर्जा मन्त्रालयका प्रतिनिधि सदस्य रहेका छन् भने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।

    देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका थिए। झडपमा केही सुरक्षाकर्मी समेत घाइते भएका छन्।

    स्थिति तनावग्रस्त बनेपछि सम्भावित जोखिम रोक्न प्रशासनले सुनसरीका विभिन्न स्थानमा कर्फ्यु जारी गरेको छ। यद्यपि, मृतक र घाइतेका पक्षले ठाउँ-ठाउँमा प्रदर्शन जारी राखेको निमित्त प्रहरी प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। प्रदर्शनका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध हुनुका साथै केही स्थानमा सोमबार पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण ११, सोमबार ०८:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP