• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026

  • पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन, साना र अतिआवश्यक सवारीलाई प्राथमिकता

    पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन, साना र अतिआवश्यक सवारीलाई प्राथमिकता

    भरतपुर — मुग्लिननजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी खुलेको छ।

    सडक डिभिजन भरतपुरले आज बिहान ११:३० बजे सार्वजनिक गरेको सूचना अनुसार पहिरो सफा गर्ने काम जारी राखिएकाले हाललाई आपत्‌कालीन सेवा र साना सवारीसाधनलाई मात्र लक्षित गरी एकतर्फी बाटो खुलाइएको हो।

    पहिरो पन्छाउनका लागि घट्नास्थलमा तीनवटा मेसिनहरू निरन्तर प्रयोग भइरहेका छन्। पूर्ण रूपमा बाटो खुलाउने प्रयास भइरहेकाले पहिरोका कारण बीचबाटोमा रोकिएका सम्पूर्ण यात्रुहरूलाई धैर्यधारण गर्न सडक डिभिजनले अनुरोध गरेको छ।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण १२, मंगलवार ०७:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP