• २०८३ कार्तिक २१ | Fri, 06 Nov 2026

  • कान्ति लोकमार्गमा दुई दिन राति १२ घण्टा सवारी आवागमन बन्द

    कान्ति लोकमार्गमा दुई दिन राति १२ घण्टा सवारी आवागमन बन्द

    मकवानपुर। लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि कान्ति लोकमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार एक सूचना जारी गर्दै दुई दिनका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो।

    विशेषगरी पहाडी भूभाग भएर जाने सडकमा वर्षाका कारण पहिरो खस्ने, सडक कटान हुने र बाढी आउने उच्च जोखिम रहेकाले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि यो कदम चालिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए।

    प्रशासनले तोकिएको अवधिभर कान्ति लोकमार्गमा सवारी साधन नसञ्चालन गर्न आग्रह गर्दै यात्रा गर्नुअघि मौसम र सडकको अवस्था बुझेर मात्र अघि बढ्न यात्रु तथा यातायात व्यवसायीलाई अनुरोध गरेको छ।



    radiomirmire radiomirmire    
  • २०८३ कार्तिक १४, शुक्रबार १२:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP