• २०८३ भाद्र २२ | Mon, 07 Sep 2026

  • ‘सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा होइन फेसबुकमा बढी ध्यान दियो’: भीष्मराज आङदेम्बे

    ‘सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा होइन फेसबुकमा बढी ध्यान दियो’: भीष्मराज आङदेम्बे

    काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्का बेला सरकार जनताको ज्यान जोगाउन छाडेर प्रचार र सामाजिक सञ्जालमा मात्रै अल्झिएको गम्भीर आरोप लगाएका छन्।

    बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदेम्बेले भोटेकोसी बाढीका कारण उत्पन्न संकट र सरकारको असंवेदनशील कार्यशैलीप्रति कडा आपत्ति जनाएका हुन्।

    जलविद्युत् आयोजनाका सुरुङभित्र कामदार तथा मजदूरहरू अड्किएको समयमा उद्धारको प्राथमिक ‘गोल्डेन आवर’ अर्थात् सुरुवाती ७२ घण्टा अत्यन्तै महत्त्वपूर्ण हुने भए पनि सरकारले त्यसतर्फ कुनै ध्यान नदिएको उनको भनाइ थियो। सरकारले विपद्को सातौँ दिनमा मात्रै सम्बन्धित जलविद्युत् आयोजनालाई खोज तथा उद्धारका लागि बोलाएको उल्लेख गर्दै उनले सरकारको ढिलासुस्ती र बेवास्तामाथि प्रश्न उठाए।

    आङदेम्बेले संसद्मा प्रश्न गरे, ‘सरकारको असंवेदनशीलता र ढिलाइका कारण सुरुङभित्र भएको मृत्यु, मृत्यु हो कि हत्या?’

    विपद् प्रभावित क्षेत्रमा समयमै पुगेर उद्धार र राहत प्रदान गर्नुको साटो सरकार प्रचारबाजीमा लागेको उनको आरोप थियो। ‘सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिममा परेका समुदायमा समयमा पुगेन,’ नेता आङदेम्बेले भने, ‘सरकारमा परिणाम दिन र प्राण जोगाउनुभन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकमा धेरै भयो, हल्लामा लाग्यो।’



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र १७, बुधबार ०८:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP