• २०८३ आश्विन २३ | Fri, 09 Oct 2026

  • रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो, बाढी प्रभावित क्षेत्रमा सतर्कता तीव्र

    रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो, बाढी प्रभावित क्षेत्रमा सतर्कता तीव्र

    बाढी तथा पहिरोपछि हैजाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा उपलब्ध गराइएको उक्त खोप आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत रसुवा पुर्‍याइएको हो।

    बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुग्दा हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको छ। यस अवस्थालाई गम्भीरतापूर्वक लिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले प्रभावित क्षेत्रमा औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ।

    मन्त्रीको निर्देशनसँगै स्वास्थ्य अधिकारीहरूले खोप र औषधि व्यवस्थापन, रोगको निरन्तर निगरानी, सुरक्षित खानेपानी एवम् सरसफाइ प्रवर्द्धन र आवश्यक स्वास्थ्यकर्मी परिचालनका कामहरूलाई तीव्रता दिएका छन्। प्रभावित क्षेत्रमा सम्भावित रोगको रोकथाम, शीघ्र पहिचान र प्रभावकारी उपचार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र २१, आईतवार ०८:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP