• २०८३ आश्विन २३ | Fri, 09 Oct 2026

  • अमेरिकी विदेशमन्त्री रुबियोद्वारा भोटेकोसी बाढीप्रति दुःख व्यक्त, रास्वपा सभापति लामिछानेसँग टेलिफोन संवाद

    अमेरिकी विदेशमन्त्री रुबियोद्वारा भोटेकोसी बाढीप्रति दुःख व्यक्त, रास्वपा सभापति लामिछानेसँग टेलिफोन संवाद

    काठमाडौं, भदौ २२

    सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच सोमबार टेलिफोन वार्ता भएको छ।

    रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार विदेशमन्त्री रुबियोले लामिछानेलाई फोन गरी भोटेकोसी बाढीका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो। संवादका क्रममा रुबियोले विपद्को यस परिस्थितिमा अमेरिका नेपाल र नेपाली जनताको साथमा रहेको बताउँदै थप सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो।

    जवाफमा सभापति लामिछानेले अमेरिका सरकारको सहयोगी भावनाप्रति आभार प्रकट गर्नुभयो। उहाँले नेपाल सरकारले खोज, उद्धार र राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको र नेपाली नागरिकका साथै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षाप्रति पनि पूर्ण प्रतिबद्ध रहेको जानकारी गराउनुभयो।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र २२, सोमबार ०७:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP