• २०८३ कार्तिक २० | Thu, 05 Nov 2026

  • डोल्पा कारागारमा सुरुङ खनेर रातारात भागे आठ कैदी

    डोल्पा कारागारमा सुरुङ खनेर रातारात भागे आठ कैदी

    कात्तिक १४ गते,

    डोल्पा। डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर शुक्रबार राति आठ जना कैदी फरार भएका छन्।

    जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार कारागारमा जम्मा १७ जना कैदीबन्दी रहेका थिए, जसमध्ये ८ जना पुरुष कैदीहरू राति सुरुङ खनेर भाग्न सफल भएका हुन्।

    घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता तथा प्रहरी निरीक्षक विनय सिंहले टेलिफोनमार्फत भन्नुभयो, “कारागारमा रहेका १७ मध्ये ८ जना राति सुरुङ खनेर भागेका छन्। हामी अहिले उनीहरूको खोजी कार्यमा तीव्र रूपमा जुटेका छौं।”

    फिल्डमै खटिएका कारण हाल फरार भएका कैदीहरूको नामावली तत्काल उपलब्ध गराउन नसकिएको प्रवक्ता सिंहले जानकारी दिनुभयो। फरार भएकाहरूको खोजीका लागि प्रहरीले आसपासका क्षेत्रमा सुरक्षा जाँच कडा पारेको छ।



    radiomirmire radiomirmire    
  • २०८३ कार्तिक १५, शनिबार ०६:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP