• २०८३ श्रावण २७ | Wed, 12 Aug 2026

  • भक्तपुरको घ्याम्पेडाँडामा जन्मदिनको पार्टीमा झडप: कुटाइबाट एक जनाको मृत्यु, ३० जना प्रहरी नियन्त्रणमा

    भक्तपुरको घ्याम्पेडाँडामा जन्मदिनको पार्टीमा झडप: कुटाइबाट एक जनाको मृत्यु, ३० जना प्रहरी नियन्त्रणमा

    भक्तपुर — भक्तपुरको पर्यटकीय स्थल घ्याम्पेडाँडामा जन्मदिनको पार्टी मनाउने क्रममा भएको विवादले हिंसात्मक रुप लिँदा एक जनाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रवक्ता तथा डीएसपी दीपककुमार कार्कीका अनुसार मृत्यु हुनेमा बर्दिया स्थायी घर भई हाल सल्लाघारी बस्दै आएका राज कार्की रहेका छन्।

    आइतबार राति जन्मदिनको अवसरमा घ्याम्पेडाँडामा राजसहित ३० देखि ४० जनाको टोली खानपिन र रमाइलोका लागि पुगेको थियो। सोही क्रममा उनीहरूबीच एकाएक विवाद उत्पन्न भई कुटाकुट भएको प्रहरीले जनाएको छ।

    झडपका क्रममा गम्भीर घाइते भएका राजको उपचारका क्रममा मङ्गलबार मृत्यु भएको हो। उनको शव हाल दुवाकोटस्थित अस्पतालमा राखिएको छ।

    घटनालगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानका लागि घटनास्थलमा रहेका ३० जनालाई नियन्त्रणमा लिएको छ। घटनाको मुख्य कारण र संलग्नहरूको भूमिकाबारे प्रहरीले थप अनुसन्धान तथा सोधपुछ गरिरहेको जनाएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण ५, मंगलवार ०७:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP