काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएरसम्मका लागि निलम्बन गरेको छ।
गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले सोही ऐनको दफा ६ को उपदफा (२) अनुसार एनप्याब्सनलाई निलम्बन गरिएको जनाएको छ।
मन्त्रालयका अनुसार यसअघि पटक-पटक दिइएको निर्देशन संस्थाले पालना नगरेको र पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा सङ्गठनको मूल उद्देश्यविपरीतका कार्यहरू गरेको पाइएको छ। निलम्बनसँगै एनप्याब्सनको नाममा कुनै पनि गतिविधि नटर् गर्न चेतावनी दिइएको छ भने यस्तो गतिविधि गरिएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने स्पष्ट पारिएको छ।
प्रतिक्रिया